राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन हुँदै आज

Nirbachan_Aayog_Election
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज (बिहीबार) उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले बिहीबार दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ।

आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ। एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाले उमेदवारी मनोनयन दर्ता गराएका थिए। जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुटाइएको थियो।

उक्त अवधीमा दुई उमेदवारविरुद्ध उजुरी परेको थियो सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको थियो।

आज नामावली प्रकाशन भएपछि उमेदवारी फिर्ता लिन चाहनले भोलि फिर्ता लिन सक्नेछन्। आयोगले भोलि नै अन्तिम नामावली प्रकाशन गर्नेछ।आयोगले पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न दिनेछ। आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्