गौशाला-२६ को पहिचान खुलाउनेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

Cyber-bearo-Nepal pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडित गौशाला-२६ को पहिचान खुलाउनेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ।

यसबारे ब्यूरोमा उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेहरुको खोजी भइरहेको ब्यूरोका एसपी पशुपति रायले बताए। तस्वीरहरु सार्वजनिक गर्नेलाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ।

गौशाला-२६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर (मुलुकी अपराध संहिता, २०७४) को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर (विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्