प्रधानमन्त्री कपमा मधेश प्रदेशको विजयी सुरुवात

madhes pradesh-khel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।

कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। मधेशको जितमा अनिल शाहले सर्वाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४१ ओभरमा १२७ रनमै अलआउट भयो। कोशीका लागि कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्