थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, चारको मृत्यु

accident_
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन्। शनिबार  दिउँसो १स्५५ बजे प्र-३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाण्डौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए। दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्