फागुनमा विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

mawobadhi kendra
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ। विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता सापकोटाले बताए।