मौसम पूर्वानुमान : हिमपातको सम्भावना

himpat.JPG
फाइल तस्विर
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगमा आज मंगलबार हल्का वर्षाको सम्भावना छ। आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।