फिलिपिन्सको एक खानी गाउँमा पहिरो खस्दा सातको मृत्यु

pahiro
लोकपाटी न्यूज
4 Shares

एजेन्सी। दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एक खानी गाउँमा बिहीबार पहिरो खस्दा सात जनाको मृत्यु भएको छ। अन्य चार जना बेपत्ता भएका छन्।

नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको र एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएको बताए।

उद्धारकर्ताहरूले मृतकको शव निकालेका छन्। भारी वर्षा जारी रहेको र यस क्षेत्रका धेरै ठाउँमा बाढीको खतरा रहेको निर्देशक दयाङहिराङले बताए।

राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवार वा १ लाख ८७ हजारभन्दा बढी मानिस बाढी र पहिरोबाट प्रभावित भएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्