आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो।

महासङ्घका अनुसार आइतबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्