माइतीघरको निषेधाज्ञा हटाउन माग गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले माइतीघरमा विरोध प्रदर्शनको गरेको छ। सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको विरोधमा नेविसंघले आइतबार बिहान थापाथली क्याम्पस नजिकै भेला भएर प्रदर्शन गरेको हो।

माइतीघर क्षेत्रलाई निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रणमा लिइएको छ। माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको छ। माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि निषेधाज्ञा हटाउनुपर्ने माग गर्दै विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्।