स्वास्थ्यकर्मीको अभावका कारण गुणस्तरीय सेवा प्रदान गर्न सकिएको छैन : मन्त्री बस्नेत

Mohan_Bahadur_Basnet
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताएका छन्। बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताए। उनले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताए। उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताए।

उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए। उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्