यी २२ ठेकेदार कम्पनी कालोसूचीमा

blacklist
लोकपाटी न्यूज
2 Shares

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज (सोमबार) एक सूचना प्रकाशित गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो।

कालोसूचीमा राखिएको अवधिभर निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ।

कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रालि चितवन, श्री जे.जे. विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्राली लगायत छन्।

ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ।कालोसूचीमा रहेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Notice-Kalo-suchi

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्