भोलीदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

mantri parisad
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। भोलीदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने छन्।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

office-time-sarlari

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्