मोडल अनुप बोहरा अभिनित म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक

pppppp
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मोडल अनुप बोहरा अभिनित नयाँ म्युजिक भिडियो भैगो अब मनि रुन्न सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो ए एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

चर्चित गायिका सिम्रन परिवारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाको संगीत, एरेन्ज रहेको छ।

भिडियोमा मोडल अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र राज सर्गमको अभिनय देख्न सकिन्छ। राहुल बराईलीको निर्देशन रहेको भिडियोको छायाङ्कन मुकेश हुमगाईले गरेका छन्। भक्तपुरको गुन्डुमा छायाङ्कन गरिएको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्