सालीनदीको दर्शन गर्न राष्ट्रपति पौडेललाई सांसद गौतमले गरिन् निम्तो

sabita-ramchandra-poudel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रपति रामचन्द्र पौडेललाई सालीनदीमा श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाको दर्शन गर्न निम्तो दिएकी छन्।

मंगलबार राष्ट्रपति पौडेललाई भेटेर सांसद गौतमले निम्तो दिएकी हुन्। राष्ट्रपति पौडेलले फागुनको पहिलो साता आउने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत पर्ने शंखरापुर नगरपालिका, साँखुमा रहेको सालीनदी मन्दिर परिसरमा माघ महिनाको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधना हुने गर्दछ।

sabita-rastapati

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्