म्याद थपका लागि लगियो चौधरी र थापालाई वकिल कार्यालय

arun-chaudhary_pic
लोकपाटी न्यूज
1 Shares

काठमाडौं। सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ। चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेको हो। त्यहाँबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ।

बिहीबार सिआइबीले सरकारी जग्गा हडपेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो। चौधरी र थापालाई प्रहरीले पक्राउ गरी म्याद थप्न लगिएको हो।

यस्तै अर्का एक जना बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुर पनि सिआइबीको नियन्त्रणमा छन्। उनीसँग सिआइबीले सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्