पर्वतमा ट्राफिक प्रहरीको निशुल्क स्वास्थ्य परीक्षण

eye-check
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत,१९ माघ। पर्वत अस्पतालको सहयोगमा ट्राफिक प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।बिहीबार जिल्ला अस्पताल पर्वतमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका कर्मचारीहरुको निशुल्क स्वास्थ परिक्षण गरिएको हो।

विशेष गरी ट्राफिक प्रहरीहरुको दाँत सम्बन्धी,आँखा सम्बन्धी, पेट छाती तथा मुटु, सुगर,प्रेसर लगायत सवै स्वास्थ्य परिक्षण गरिएको पर्वत अस्पतालले बताएको छ। स्वास्थ्य परिक्षण कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरिले मौसम परिवर्तनसँगै विरामीहरु बढ्दै गइहरेको अवस्थामा ट्राफिक सुरक्षाकर्मीहरुको स्वास्थ्य अवस्था लाई मध्यनजर गर्दै निशुल्क परिक्षण कार्यक्रम गरिएको बताए।

गिरीले मौसम परिवर्तनका कारण अस्पतालमा रुघाखोकीलगायत भाइरल ज्वरोका बिरामीहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आम नागरिकलाई स्वास्थप्रति सजक रहन आग्रह गरे। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका प्रमुख सीताराम ओझाले ट्राफिक सुरक्षाकर्मीहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने बातावरण अस्पतालले मिलाएकोमा अस्पताल लाई हार्दिक धन्यवाद व्यक्त गरे।

ओझाले पर्वत जिल्लामा आफू प्रमुख भएर आएसँगै ट्राफिक चेकजाँचदेखि लिएर सडक सुरक्षालाई प्रमुख रुपमा निगरानी राखेर अगाडि बढीरहेको बताए। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलालगायत विशेषज्ञ ट्राफिकहरुले ट्राफिक प्रहरी सुरक्षाकर्मीहरुको स्वास्थ्य परिक्षण गरेका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्