आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक छ : उपाध्यक्ष पोखरेल

Ishwor_Pokharel
लोकपाटी न्यूज
3 Shares

नवलपरासी। नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।

आज पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उनले पछिल्लो समय आर्थिक, सामाजिक तथा विकासका एजेण्डा हराउँदै गएको बताए।

उपाध्यक्ष पोखरेलले भने, ‘उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक छ।’ विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिए।