स्पेनिस ला लिगा : आल्भेजमाथि बार्सिलोनाको जित

barcelona-1
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। आइतबार राती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए। त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए।

यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्