इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

Menuka paudel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन्। आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।

मेनुकाले पनि आफ्नो सामाजिक सञ्जालमार्फत् आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन्। उनले भनेकी छन्, ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको साङ्गीतिक यात्रा भर्खर सुरु भएको छ।’

आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन्। चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन्।