प्रदेश सरकारले आफ्नो कामबाट जनताको मन जित्नुपर्छ : अध्यक्ष ओली

लोकपाटी न्यूज
6 Shares

धनुषा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नुपर्ने बताएका छन्। आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै उनले सङ्क्रमणकालीन न्यायसंगसम्बन्धीत विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे। अन्तराष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरि शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने उनले बताए।