संसदमा उपस्थित सांसदहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने

pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। संसद्को कार्य व्यवस्था समितिले प्रतिनिधि सभा बैठकको लागि कार्यतालिका लागू गर्ने निर्णय गरेको छ। आजदेखि शुरू हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको हो।

यसअघिको अधिवेशनमा एउटामात्रै विधेयक पारित भएको विषयमा प्रश्नहरू उठेको भन्दै सभामुख देवराज घिमिरेले सांसदकाे उपस्थित वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए। त्यस्तै बैठकको कार्यतालिका समेत लागू गरिने उनले बताए।

‘प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा माननीयहरूको उपस्थिति र सहभागितालाई सहज हुने अपेक्षा गरेको छु। गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन्। आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणामुखी बनाउन अपिल गर्दछु’, सभामुख देवराज घिमिरेले भने, ‘हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गरौं। माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो।’

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्