व्यवसायी चौधरीसहित तीन जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश

ktm-jilla-adalat
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

यसअघि प्रहरीले लिएको चार दिनको समय सकिएपछि म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पक्राउ परेका चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो।

पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्नेछ। त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्