आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्