पाकिस्तान आम निर्वाचन : मौन अवधि सुरु

Pakistan Flag
लोकपाटी न्यूज
6 Shares

एजेन्सी। पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मंगलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेदवारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन्।

आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानून अनुसार कारबाही गरिने सूचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ।

निर्धारित समयपछि, निर्वाचन अभियान, विज्ञापनलगायत अन्य लिखित सामग्रीहरू इलेक्ट्रोनिक र छापाका सञ्चारमाध्यम प्रकाशन गर्न समेत निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ।

राजनीतिक नेता र प्रतिस्पर्धी उम्मेदवारले अधिकतम सार्वजनिक समर्थन प्राप्त गर्नका लागि चुनावी अभियानमा सार्वजनिक जमघट, र्‍याली, बैठक र घरदैलो अभियान सञ्चालन गरेका थिए। निर्वाचन आयोगका अनुसार देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ। सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावको लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि २६६ वटा साधारण सिटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। प्रदेशसभाका लागि चार प्रान्तका ५९३ सिटमा १२ हजार ६९५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभा र प्रदेश सभा चुनावका लागि मतदान गर्न सबै दर्ता भएका मतदातालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्