सोमपाल कामीले दिलाए दोस्रो सफलता

लोकपाटी न्यूज
5 Shares

काठमाडौं।नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन्। उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे।

क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ। यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे।

क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्