गायक हिमाल सागर र गायिका चौधरीको स्वरमा ‘यहि त होनी माया’ गीत सार्वजनिक

pic
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। लोकप्रिय गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘यहि त होनी माया’ सार्वजनिक गरिएको छ। यो गीतलाई यसअघिको चर्चित गीत ‘ए होर माया’को तेस्रो सिरिजको रुपमा लिइएको छ। गीतमा शब्द र संगीत भने बिमल अधिकारीको रहेको छ। यो गीतका निर्माता र मोडल पनि बिमल नै हुन्। गीत बिमलको भावना म्युजिक सोलुसनबाट निर्माण गरिएको हो।

गीतको भिडिओमा बिमलसँगै अभिनेत्री गरिमा शर्मालाई देख्न सकिन्छ। भिडिओ लुम्बिनीसँगै बिभिन्न रमणीय स्थानमा खिचिएको छ। मौसम हिमालीको निर्देशन रहेको भिडिओ राजेश घिमिरेले खिचेका हुन भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन्।

गीतमा सर्जक तथा निर्माता बिमलले यसपटक पनि गीतको अडियो अनुसार कुनैपनि कुरामा कमी नगरी भिडिओ निर्माण गरेको बताउँछन्।‘हामीलाई यसअघिका ए होर मायाको दुईवटा सिरिजलाई निकै मन पराइदिनुभयो। यसपटक पनि दर्शकले साथ दिनुहुनेछ भन्ने विश्वास छ।’ बिमलले भने, ‘सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया पाइरहेकोछु।’ यसअघिको ‘ए होर माया’लाई युट्युवमा २७ मिलियनपटक हेरिएको छ भने ‘आहा माया’ लाई पनि ८ मिलियन भन्दा बढी पटक हेरिएको छ।