काभ्रेका वडाध्यक्ष बादेविरूद्ध भ्रष्टाचार मुद्धा

Nripesh-Bade-Banepa-pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका-९का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।

घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध शुक्रबार भ्रष्टाचार मुद्धा दायर गरेको हो।वडाध्यक्ष बादे माघ ३ गते १५ लाख घुससहित पक्राउ परेका थिए।

उनले घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्