तथ्यांक विश्लेषण र तालिम दिँदै डाटा ड्रिभन डिसिजन्स्

Khemraj-pokharel
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। भृकुटीमण्डपमा जारी सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एसपावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहआ’ मा पीबी ग्रुप प्रा. लिले डाटा ड्रिभन डिसिजन्स्को लागि सहयोग गरिरहेको छ।

विगत २ वर्षदेखि डाटामा आधारित रहेर तालिम दिँदै आएको पीबी ग्रुप प्रा. लिले मेलामा कम्पनीका सेवाको बारेमा जानकारी दिइरहेको सञ्चालक खेमराज पोखरेलले बताए।

मेलामा स्टल एच २८ नम्बरमा रहेको उक्त कम्पनीले डाटा कलेक्सनको सर्भेलगायत रिसर्च, व्यक्तिगत तथा जुनसुकै विधाको डाटामा आधारमा रहेर निर्णय गर्ने प्रकृयामा सहयोग गर्दै आएको छ।

कम्पनीले डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वेसिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिँदै  आएको सञ्चालक पोखरेलले बताए।

कम्पनीले हाल सरकारी कार्यालयदेखि निजी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, विद्यार्थी तथा खोजकर्ताहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले बाजुराको बडीमालिका नगरपालिकाको डिजिटल प्रोफाइल समेत तयार पारेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्