जसपाको मधेस प्रदेश समिति पुनर्गठन

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ। पार्टी विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको हो।

त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ। सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुंगो लगाइएको जसपाले जानकारी दिएको छ।

त्यस्तै, वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ। महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको छ। मधेस प्रदेश समिति पुनर्गठन भएसँगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन्।