माओवादीको विधान अधिवेशन: आज ७ समूहबाट सुझाव संकलन

Bidhan_Maobadi
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाल (माओवादी केन्द्र)को विधान अधिवेशन काठमाडौंमा जारी छ। कमलादीस्थित प्रज्ञा-प्रतिष्ठानमा ११ बजेदेखि सुरु हुने बैठकमा आज प्रस्तावित विधानमाथि बाँकी रहेका ७ समूहबाट सुझाव लिइने कार्यक्रम छ।

सुझाव संकलन गर्न विधान अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो। २० समूहमध्ये बुधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको थियो। बुधबार विधान सम्मेलनमा सहभागीहरूले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नेदेखि चुनाव चिह्न बदल्नेसम्मका सुझाव दिएका थिए।

पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिइएको छ। मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा-प्रतिष्ठानमा अधिवेशन जारी छ।