बझाङको परकाट्ने केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Earthquake_Bhukampa
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्