नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य

nepali-women-cricket-team pic
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन। उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन्।

त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन।

मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन। मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्