डिएसपी पन्थी अन्तर्राष्ट्रिय अनुसन्धान अवार्डबाट पुरस्कृत

लोकपाटी न्यूज
12 Shares

काठमाडौं। प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अनुसन्धान पुरस्कार पाएका छन्। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनलाई भारतस्थित ‘किन इन्डिया’ पुरस्कार प्रदान गरिएको हो।

पन्थीलाई अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले अपराध अनुसन्धान कार्यालयमै पुगेर प्रमाणपत्र हस्तान्तरण गरेको हो। किन इन्डिया मानव तस्करी नियन्त्रणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो। डिएसपी पन्थी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन्।

यसअघि मानव बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत रहेका बेला उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाले उनलाई पुरस्कृत गरेको हो। हाल समेत कार्यालयको वैदेशिक ठगी मुद्दा हेर्ने जिम्मा पाएका पन्थीकै अनुसन्धानले भिजिट भिसामा जान अध्यागमनकै कर्मचारीको सेटिङ हुने गरेको तथ्य फेला पारेको थियो।

भिजिट भिसा प्रकरणमा अध्यागमनका अधिकृतसहित ट्राभल सञ्चालन गर्ने आठ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्। पन्थीलाई संस्थाले अपराध अनुसन्धान कार्यालयमै पुगेर बिहीबार प्रमाणपत्र हस्तान्तरण गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्