नेदरल्याण्ड्समाथि नेपालकाे ९ विकेटकाे सानदार जित

Nepal-Cricket-pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको सानदार विजयी हासील गरेको छ। त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३८ रनको विजयी लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो। नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो।

नेदरल्याण्ड्सका २ जना रन आउट भए। बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्