विमानस्थलबाट एक किलो सुनसहित एक युवा पक्राउ

Tribhuvan-International-Airport01
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक युवा पक्राउ परेका छन्। एसएसपी कृष्णहरि शर्माका अनुसार सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।

उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो। उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए। उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्