चितवनमा घाँटीमा चक्कु रोपिएको अवस्थामा शव फेला

CHURa prahar
लोकपाटी न्यूज
4 Shares

चितवन। चितवनमा एक युवकको शव भेटिएको छ। खैरहनी नगरपालिका–२ चैनपुरस्थित निर्माणधीन हर्बल कम्पनीको पर्खालनजिकै स्थानीय २४ वर्षे कृष्णप्रसाद खनालको शव भेटिएको हो।

आज बिहान साढे ६ बजे घाँटीमा छुरा रोपिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

घाँटीमा तरकारी काट्ने साइजको चक्कु रोपिएको अवस्थामा शव पाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा फरेन्सिक जाँच टोलीसहित प्रहरी खटिएको छ। मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ। जिल्ला प्रहरी चितवनको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्