संक्रमणकालीन न्याय टुंग्याउन एमालेले खोजेको छ : केपी ओली

KP_Oli
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंग्याउने नाममा पीडितलाई थप पीडा दिने सम्भावना रहेको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले भने, ‘किनभने त्यस वेलाका विद्रोहीको तर्फबाट पीडा दिने समूहको एउटा पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। अर्कोतिर हिंशा रोक्ने नाममा पीडा दिने शेरबहादुर गठबन्धनमा हुनुहुन्छ। दुवै पीडक राज्य सञ्चालनमा छन्। उनीहरु आफ्नो हितमा काम गर्न खोज्छन्।’

उनले भने, ‘ हिजो म प्रधानमन्त्री भएका बेला यो विषय टुंग्याउन चाहेको थिएँ। तर प्रचण्डजी र शेरबहादुरजी मान्नुभएन।’ एमाले शान्ति प्रक्रिया अन्र्तगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताए। संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितलाई न्याय हुनेगरीमात्रै टुंग्याउनुपर्ने बताए। उनले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने बताए।