एमालेले केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल हुँदै

UML_Kendriya
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल शुरु हुँदैछ। बैठकमा प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो। एमालेले छलफलका लागि नौवटा समूह बनाएको हो। समग्र केन्द्रीय कमिटीलाई नौवटा समूहमा विभाजन गरिएको हो।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको एउटा समूह बनाइएको छ।

बुधबार बिहान ११ बजेबाट समूहगत छलफल शुरु गर्ने जनाइएको छ। छलफलबाट आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेपछि पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ।

मंगलबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षा र विश्लेषण गरेका थिए। एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्