काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जना मृत फेला

Death
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। मृत्यु हुनेमा आमा र दुई छोरी रहेको प्रहरीले जनाएको छ।

नागार्जुन नगरपालिका-६ सितापाइलास्थित एक घरको कोठाभित्र उनीहरूको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘घटनाबारे हामी अनुसन्धान गर्दै छौं।’

उनका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतक महिलाका श्रीमान् भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्