सहिद सप्ताहको अवसरमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता आयोजना

first-sahid-game
लोकपाटी न्यूज
15 Shares

काठमाडौं। योङ कम्यूनिष्ट लिग (वाईसीएल) नेपाल बागमती प्रदेश समिति र शहिद स्मृती प्रतिष्ठान नेपालले प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता–२०८० आयोजना गर्ने भएको छ।

सहिद सप्ताहको अवसर पारेर फागुन १९ देखि २१ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर कर्भडहलमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता–२०८० तथा शहिद वेपत्ता परिवार सम्मान कार्यक्रम आयोजना गरिएको हो।

सहिदहरुको सम्झनामा, सहिद, सहिद परिवार तथा वेपत्ता भएका परिवारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एवं वाइसीएल नेपाल बागमती प्रदेश समितिका संयोजक साजन अधिकारीले जानकारी दिए। प्रतियोगिताले खेल क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहनका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए।

संयोजक अधिकारीका अनुसार प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद मेडल,  सिल्ड प्रमाणपत्र, द्धितिय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपियाँ मेडल, सिल्ड, प्रमाणपत्र, तृतीय हुने टिमलाई ३३ हजार ३ सय ३३ रुपियाँ, मेडल,  सिल्ड,  प्रमाणपत्र, वेष्ट सटरलाई रु. ५ हजार मेडल,  सिल्ड,  प्रमाणपत्र, वेष्ट प्लेयरलाई रु. ५ हजार, मेडल,  सिल्ड,  प्रमाणपत्र, बेष्ट लिप्टरलाई . ५ हजार मेडल,  सिल्ड, र प्रमाणपत्र, बेष्ट ब्लकरलाई ५ हजार, मेडल,  सिल्ड , प्रमाणपत्र, र बेष्ट कोचलाई ५ हजार मेडल,  सिल्ड , प्रमाणपत्र दिइने छ। हरेक वर्ष कार्यक्रमलाई निरन्तरता दिइने प्रतियोगिताको समुद्घाटन फागुन १९ गते बिहान ११ बजे हुने उनले बताए। समितिले ४२ लाख २६ हजार ९ सय ९९ अनुमानित खर्च रहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्