कुशल भुर्तेलले लिए नामिबियाको पाँचौ विकेट

Nepal-Cricket-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई पाँचौ सफलता मिलेको छ। १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १०३ रन बनाउँदा आफ्नो ५ विकेट गुमाएको हो।

नेपालका कुशल भुर्तेलले नामिबियाका कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रनमा करन केसीबाट क्याच आउट गराए। चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीले नामिबियाका जन फ्रिलिंकलाई ४ रनमा एलबीडब्लू आउट गराए।

२२औं ओभरको अन्तिम बलमा कुशलले इरासमसलाई आउट गरेका थिए। नामिबियाले २२ ओभरमा ५ विकेट गुमाएर १०३ रन जोडेको छ।नामिबियाका इरासमसबाहेक माइकल भान लिंगेनले ३१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेका छैनन्। नेपालका रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि एकएक विकेट लिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्