त्रिपुरासुन्दरी नगरपालिकाका वडाध्यक्षको निधन

rokaya_pic
लोकपाटी न्यूज
5 Shares

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नन्दलाल रोकायाको निधन भएको छ। ७० वर्षीय रोकायाको बुधबार साँझ घरमै निधन भएको हो। पारिवारिक स्रोतका अनुसार वडा अध्यक्ष रोकायालाई दमको समस्या रहेको थियो। उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।