फेसबुकमा गोप्य फोटो मागेर चरित्र हत्या गर्ने थापा पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रहत्या गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको टोखा बस्दै आएका २७ वर्षीय किरण थापा छन्।

उनले फेसबुकमा साथी बनाएर पीडित महिलालाई प्रलोभनमा पारेर गोप्य फोटो तथा भिडियो सामग्री लिएको प्रहरीको भनाइ छ। उनीहरूबीच सम्बन्ध बिग्रिएपछि ती युवकले पीडित महिलाको आफन्तलाई फोटो र भिडियो पठाइ व्यक्तिगत जीवनमा गम्भीर असर र्पुयाएको प्रहरीको भनाइ छ।

पक्राउ परेका थापालाई अदालती कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको साइबर व्युरोका प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्