अवैध रूपमा अमेरिका छिरेका ८ नेपाली स्वदेश फर्काइए

Tribhuvan International Airport, International Terminal
फाइल तस्बिर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्किएका छन्। तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए।

मानव बेचबिखन ब्यरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार १० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको हो। उनीहरू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्