मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

bombing_Gaza
लोकपाटी न्यूज
7 Shares

एजेन्सी। मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजराइली विमानहरूले दिर अल-बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल-अक्सा शहिद अस्पतालमा सारिएको बताएको छ।

सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन्। चिकित्सा स्रोतहरूका अनुसार अल-अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्