कृषि विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

Krishi-Bikas-Bank
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदमा १ सय १२ जना कर्मचारी माग गरेको छ। बैंकले एक सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११३ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ। ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्।

दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ। नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

krishi-bikash-bank-pic

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्