उपनिर्वाचन वैशाख १५ मा

nirbachan-aayog
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ १ को उपनिर्वाचन १५ वैशाखमा हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बोर्ड बैठकले २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो।

ayog_8C3Ux5Y0V2_vBoBBz0vj6