कृषि विकास बैंकका ग्राहकलाई ॐ हस्पिटलमा छुट

argri-om hospota-samjhauta
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। कृषि विकास बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर बीच सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ। कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा भएको सम्झौता कार्यक्रममा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओपिडि शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि. का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपालको निजि क्षेत्रको अग्रणी र प्रतिष्ठित स्वास्थ्य उपचार सेवा प्रदायक ओम हस्पिटलमासँग सेवा व्यवसाय बिस्तार सम्झौता र बैंकका ग्राहकहरु तथा कर्मचारी र परिवारजनले उपचारमा सहुलियत पाउनु सकारात्मक भएको बताए।

त्यसैगरी ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले कृषि बिकास बैंकसँग सेवाकालागि सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको बताए।

२०२४ माघ ७ गते स्थापना भइ सेवा प्रदान गर्दै आएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन्। बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन भने १२९ वटा एटिएम मेसिनहरुबाट पनि सेवा प्रदान भैरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्