प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

sansad
फाइल तस्बिर
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सोमबार बिहान ११ बजे बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

सभामुखले देवराज घिमिरेले आजको संसद बैठकको कार्यसूची महत्त्वपूर्ण भएको भन्दै सांसदहरूलाई पटक-पटक बस्न आग्रह गरेका थिए। पटक-पटकको आग्रहपछि पनि अवरोध नहटेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्