संसदमा नेकपा एमालेको नाराबाजी

ummle-birodha
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। नेकपा एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको आलोचना गरेका छन्। विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे।

एमालेसहितका प्रतिपक्षी सांसदहरुले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोग प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा वा बर्खास्त गर्न माग गरे।

एमालेका सांसदले यस विषयमा आइतबार र सोमबारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए। एमालेका सांसदले संसदमै नाराबाजी गरे। नाराबाजी गर्नुअघि एमाले सांसदले सभामुखको रुलिङलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्